Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

बञ्चरेडाँडा प्रभावित स्थानीयद्वारा फोहोर विसर्जन पुनः रोक्ने घोषणा

बञ्चरेडाँडा प्रभावित स्थानीयद्वारा फोहोर विसर्जन पुनः रोक्ने घोषणा

  •  

    बञ्चरेडाँडा । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित स्थानीयहरूले बुधबारदेखि फोहोर विसर्जन पुनः रोक्ने घोषणा गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरूले सरकारले माग पूरा गर्ने आश्वासन दिएर पटक–पटक ढाँटेको आरोप लगाउँदै फोहोर बिसर्जनमा अवरोध पुनः सुरु गर्ने निर्णय सार्वजनिक गरेका हुन्।

    यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयको माग १५ दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि उनीहरूले केही समय फोहोर फाल्न नरोकेका थिए। तर सो समयसीमा भित्र माग पूरा नभएको भन्दै स्थानीय पुनः फोहोर विसर्जन रोक्ने अवस्थामामा पुगेका छन्।

    यसअघि पनि स्थानीयहरूले गत १२ कात्तिकमा फोहोर विसर्जन रोक्दै सरकारलाई दबाब दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij