Logo

Nov 23 2025 | २०८२, मंसिर ७गते

Nov 23 2025 | २०८२, मंसिर ७गते

images

सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र र विदेशी रोजगारियाबीच आईपीओ खुला

सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र र विदेशी रोजगारियाबीच आईपीओ खुला

  • काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि (मंसिर ७ गते) आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ (साधारण शेयर) निष्काशन तथा बिक्री खुला गरेको छ।

    कम्पनीलाई १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्न अनुमति मिलेको थियो। यसमध्ये १ अर्ब रुपैयाँ बराबरका १ करोड कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि खुला गरिएको छ।

    – ४० लाख कित्ता (४०%) : सोलु दूधकुण्ड नगरपालिका–७, ११ र थुलुङ दूधकोशी गाउँपालिका–१ का अति प्रभावित स्थानीयका लागि
    – ६० लाख कित्ता (६०%) : सोलु दूधकुण्ड नगरपालिका तथा थुलुङ दूधकोशी गाउँपालिकाका अन्य स्थानीय वडाका लागि

    सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबरको १० लाख कित्ता (१० करोड रुपैयाँ बराबर) विदेशी रोजगारियाहरूका लागि छुट्याइएको छ। सरकारले श्रम स्वीकृति दिएको र विदेशमा कार्यरत नेपालीहरूले यसमा आवेदन दिन सक्नेछन्।

    – आयोजना प्रभावित क्षेत्र : छिटोमा मंसिर २१ गते, ढिलोमा पुस ७ गतेसम्म
    – विदेशमा रहेका नेपाली : छिटोमा मंसिर १० गते, ढिलोमा मंसिर २१ गतेसम्म

    न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    आईपीओ निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई IRN Double B रेटिङ्ग प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ।

    कम्पनीले निर्माण गर्दै आएको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको
    – कुल लागत : १६ अर्ब ३० करोड ४० लाख
    – प्रतिमेगावाट लागत : १९ करोड ८८ लाख
    – विद्युत अनुमतिपत्र बाँकी : २५ वर्ष
    – साधारण लगानी फिर्ता अवधि : ७.६८ वर्ष
    – डिस्काउन्टेड लगानी फिर्ता अवधि : १२.०९ वर्ष

    आयोजना प्रभावित स्थानीयका लागि :
    – ग्लोबल आइएमई बैंक, सल्लेरी शाखा
    – लक्ष्मी सनराइज बैंक, नेले शाखा
    – आयोजना क्षेत्र तिङ्ला कार्यालय
    (फाराम शुल्क : प्रति दरखास्त २ रुपैयाँ)

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै C-ASBA सदस्य बैंक/वित्तीय संस्था तथा तिनका निर्दिष्ट शाखामार्फत आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij