Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

पुनर्निर्माण कोषमा एलआईसी नेपालबाट १ करोड १ लाख, एफवान ग्रुपबाट ७५ लाख योगदान

पुनर्निर्माण कोषमा एलआईसी नेपालबाट १ करोड १ लाख, एफवान ग्रुपबाट ७५ लाख योगदान

  • काठमाडौं । सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १ करोड १ लाख रुपैयाँ योगदान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सो रकम बराबरको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका छन्।

    यसैगरी, एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा समूहको संयुक्त योगदानस्वरूप ७५ लाख रुपैयाँ बराबरको चेक पनि कोषमा जम्मा गराइएको छ। सो चेक ३ मंसिरमा समूहका अध्यक्ष सिद्धान्त ठकुरीले अर्थमन्त्री खनाललाई हस्तान्तरण गरेका थिए।

    दुवै ठूलो योगदानप्रति सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद व्यक्त गरेका छन्।
    अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आइतबारसम्म कोषमा जम्मा भएको कुल रकम ९ करोड ३० लाख रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij