Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

दर्जन बढी कम्पनी  उद्योग  विभागको कारबाहीमा

दर्जन बढी कम्पनी  उद्योग  विभागको कारबाहीमा

  • काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दर्जन बढी कम्पनीलाई  उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि कारबाही गरेको हो । विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देही र अर्घाखाँची सिमेन्टलाई अढाई लाख बराबरको जरिवाना सहित १३ कम्पनीलाई कारबाही गरेको हो ।

    विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको जनाएको छ । विभागले आइतबार रूपन्देही र काठमाडौंका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुगमन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको जनाएको छ ।

    वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसाय जन्य क्रियाकलाप गरेको मानिने उल्लेख भए अनुसारको कारबाही गरिएको छ ।

    ऐनको दफा ३९ मा ‘बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहाय बमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था  गरिएको छ । 

    ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।  
    पञ्चकन्या स्टिललाई सामान्य निर्देशन दिएको विभागले आइतबार आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्नपूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij