Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

यो वर्षको त्रिपुरासुन्दरी भगवती जात्रा सकियो

यो वर्षको त्रिपुरासुन्दरी भगवती जात्रा सकियो

  • धदिङ । त्रिपुरासुन्दरी गाउँपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको त्रिपुरासुन्दरी भगवतीको बर्सेनि गरिने जात्रा सम्पन्न भएको छ । हरेक वर्ष मंसिर महिनामा पर्ने  त्रिपुरासुन्दरी भगवतीको यात्रा शनिबारदेखि सुरु भई सोमबार सकिएको हो ।शनिबार साँझदेखि रातभर पूजा–पाठ गरिएको जात्रा आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीस्थित आगिन्चोक, सल्यानबेसीको मन्दिरतर्फ झारिएर  सकियो । मङ्सिर महिनामा पर्ने यो जात्रा देवीलाई आफ्नो ‘मूलघर’बाट ‘माइतीघर’मा न्वागी खान लैजाने पुरानो परम्परा अनुसार विशेष साइत हेरी आयोजना गर्ने गरिन्छ।   

    03.jpg

       

    भक्तजनले देवीको प्रतिमा प्रत्यक्ष देख्न नपाउने गरी आयोजना हुने यो जात्रामा  देवीको प्रतिमा बोकेका मुख्य पुजारी (राना मगर थर) बाहेक कसैले छुन नपाउने शताब्दीयौँ पुरानो पवित्र परम्परा  अझ कायम छ । देवीलाई मूलघरबाट माइतीघर झार्ने क्रममा झण्डै तीन घण्टाको कठिन ओरालो बाटो पुजारीले पिठ्युँमा बोकेर पार गर्ने दृश्य नै जात्राको मुख्य आकर्षण रहने गर्छ ।

    08.jpg

    जात्रा स्थल सम्पूर्ण रूपमा सांस्कृतिक उमङ्गले गुञ्जिएको थियो। देवीलाई बेसी झारिँदा पञ्चेबाजा, खड्ग–खुकुरी प्रदर्शन, अविरयात्रा, शंख–घण्टाको ध्वनि र भक्तहरूको जयघोषसँगै वातावरण उत्सवमय बनेको थियो। देवीको प्रतिमा नहेरी बाटोमै बसेर पूजा गर्ने परम्पराले भक्तजनको अटुट श्रद्धा झनै बलियो बनायो ।

    05.jpg

    त्रिपुरासुन्दरी भगवतीको उत्पत्ति हिन्दू ग्रन्थमा वर्णित शक्तिपीठ कथासँग जोडिएरको किंवदन्तीअनुसार सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’ मा त्रिपुरासुन्दरी प्रकट भएकी मानिन्छिन्। स्थानीय कथन अनुसार वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा स्थान देखाइदिएपछि यो मन्दिरको स्थापना भएको हो।

    06.jpg

     ऐतिहासिक महत्वको रुपमा  नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह नुवाकोट विजयको तयारीका क्रममा सल्यानकोट पुगेका बेला देवीले बालिकाको रुपमा प्रकट भई दुई हातले खड्ग प्रदान गरेको विश्वास गरिन्छ। यही ‘देवीको खड्ग’ नुवाकोट तथा त्यसपछिका विजययात्राको शुभसंकेत भएको स्थानीय इतिहासमा उल्लेख पाइन्छ।

    09.jpg

    गाउँपालिका अध्यक्ष राजु उप्रेतीले बताएअनुसार  सोमबार बेसीमा न्वागी चढाएपछि जात्रा औपचारिक रूपमा सम्पन्न भएको हो।यसलाई धार्मिक पर्यटनको योजनासँग जोडिए अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन् ।

    02.jpg

     

    04.jpg

     

    07.jpg

      

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij