Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको १० लाखसहित सम्मान

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको १० लाखसहित सम्मान

  •  
    काठमाडौँ । दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नगदसहित सम्मान गरेको छ ।
     
    त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा एक कार्यक्रमका बीच आज क्यानले उक्त टोलीलाई रु १० लाख नगदसहित सम्मान गरेको हो । दृष्टिविहीन महिला  टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको  गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ ।
     
    सम्मान कार्यक्रममा क्यानका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो । श्रीलङ्कामा हालै सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij