काठमाडौँ । कप्तान करण केसीको सानदार ब्याटिङको सहयोगमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा दोस्रो जीत हासिल गरेको छ। टस हारेर ब्याटिङ थालेको गोर्खाजले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला, कीर्तिपुरमा लुम्बिनी लायन्सविरुद्ध निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो।
जबाफमा ब्याटिङ थालेको लुम्बिनी लायन्स १९.१ ओभरमा १ सय ३५ रनमा अलआउट भयो। यस जितसँगै काठमान्डु गोर्खाजले आफ्नो तालिकामा महत्वपूर्ण अंक जोडेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij