काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार थप बढेर तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ३ हजार २२० रुपैयाँ कायम भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij