Logo

Nov 26 2025 | २०८२, मंसिर १०गते

Nov 26 2025 | २०८२, मंसिर १०गते

images

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता निवेदनको समय चार दिन थप

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता निवेदनको समय चार दिन थप

  •  

    काठमाडौँ, १० मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थपिएको छ। निर्वाचन आयोगले यही मंसिर १ गतेदेखि १० गतेसम्म तोकिएको समय विभिन्न पक्षको अनुरोध आएपछि थप गर्ने निर्णय गरेको हो।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आज बसेको आयोग बैठकले निवेदन दिन नसकेको दललाई सहजताका लागि समय थपिएको जानकारी दिए। आयोगमा दर्ता भएका ठूला तथा अधिकांश नयाँ–पुराना दलले भने निर्धारित समयमै निवेदन दर्ता गराइसकेका छन्।

    हाल आयोगमा दर्ता कायम १३२ दलमध्ये ८० दलले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेगरी निवेदन दर्ता गराइसकेका छन्। निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन माघ ६ गते हुने कार्यक्रम छ। फागुन २१ को निर्वाचन मितिसम्म ९९ दिन मात्र बाँकी रहेको आयोगले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij