Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

नेता कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

नेता कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकाेटाको इजलासले बिहीबार सुनुवाइपछि जिल्ला अदालत काठमाडौंले गरेको थुनामा राख्ने आदेश बदर गरेको हो।

    यसअघि २९ असोजमा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशपछि उनी डिल्ली बजार कारागारमा थुनामा थिए।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो।

    दुबईबाट आएका यात्रुले इलेक्ट्रोनिक सिग्रे्ट (भेप) भित्र लुकाइ ल्याएको करिब ९ किलो सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतको थुनामा पठाउने आदेश उच्च अदालतले उल्ट्याइदिएपछि महरालाई कानुनी राहत मिलेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij