Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

हिन्दू र मुसलमानबीचको तनाव घटाउन वीरगन्जमा जारी निषेधज्ञा राति १० बजेसम्मका लागि हटाइयो

हिन्दू र मुसलमानबीचको तनाव घटाउन वीरगन्जमा जारी निषेधज्ञा राति १० बजेसम्मका लागि हटाइयो

  • वीरगञ्ज (पर्सा)  । दुई पक्षबीचको झडपलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि राति १० बजेसम्मका लागि खुला गरेको हो ।

    सर्वसाधारणको सहजताका लागि निषेधाज्ञा हटाइएको र अवस्थाको आङ्कलन गरी निषेधज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । आर्थिक नगरीका वीरगञ्जको दैनिकीलाई प्रभाव नपरोस् भनेर निषेधाज्ञा खुकुलो बनाउन लागिएको उहाँको भनाइ छ ।

    रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । (रासस)

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij