Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सफ्टलोनसमेत दिएर क्षतिमा पुगेको निजी क्षेत्रलाई सहयोग गरिने प्रधानमन्त्री कार्कीको भनाइ

सफ्टलोनसमेत दिएर क्षतिमा पुगेको निजी क्षेत्रलाई सहयोग गरिने प्रधानमन्त्री कार्कीको भनाइ

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सफ्ट लोनसहितका सहयोग गर्ने सरकार तयार हुने बताएकी छिन् ।गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले  निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने विश्वास दिलाएकी हुन् । 

    सिंहदरवारमा आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न तयार हुनुपर्ने उनले बताइन् । क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकोमा निजी क्षेत्रको  प्रशंसा  गर्दै  जेनजी आन्दोलनमाभएको आगजनी र तोडफोडको छानबिन समेत गरिने बताइन् ।

    निजी क्षेत्रमा भएको क्षतिको आकलन गरी सफ्टलोन दिएर हुन्छ कि अन्य कुनै विधि अपनाएर हुन्छ सहयोग गर्नुपर्ने विचार  प्रधानमन्त्री कार्कीले व्यक्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij