
काठमाडौं । चोरबाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्। अध्यागमन विभागका अनुसार तल्लो बाटो भएर अमेरिका पुगेकाहरू आठ जनालाई बिहीबार दिउँसो साढे ३ बजेतिर फर्काइएको हो ।
अवैधबाटो भएर गएकाले फर्काइएकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी सार्वजनिक गरेका छन् ।
अमेरिकामा नियन्त्रणमा लिएर उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो। नेपालीहरू धेरैजसो तल्लो बाटोको प्रयोग गरी अमेरिका छिर्ने गरेको पाइन्छ। यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ। चोरबाटोबाट अमेरिका पुग्न उनीहरूले कति खर्च गरे भन्ने कुरो खुल्न अझ बाँकी रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij