Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

निषेधित क्षेत्र तोडेर आन्दोलनकारी संसद भवन परिसरमा , निषेधित क्षेत्र तोडेकोमा ४९ जना हिरासतमा

निषेधित क्षेत्र तोडेर आन्दोलनकारी संसद भवन परिसरमा , निषेधित क्षेत्र तोडेकोमा ४९ जना हिरासतमा

  • काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित संसद भवनमा निषेधित क्षेत्र तोडेर प्रवेश गरेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

    संसद भवनमा प्रवेश गरेको आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी सार्वजनिक गरेका हुन् ।

    निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त पीडितहरू हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

    यसअघि उनीहरू बालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा प्रवेश गर्न प्रदर्शन गरेका बेला प्रहरीसँगको धकेलाधकेल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij