Logo

Sep 04 2025 | २०८२, भदौ १९गते

Sep 04 2025 | २०८२, भदौ १९गते

images

अर्थमन्त्रीलाई सेयर बजारको स्वागत , लगानीकर्ता खुसी, बजारमा छायो हरियाली 

अर्थमन्त्रीलाई सेयर बजारको स्वागत , लगानीकर्ता खुसी, बजारमा छायो हरियाली 

  • काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । अर्थमन्त्रीकारूपमा नियुक्त भएको दोस्रो दिनमा सेयर बजार बढेर अर्थमन्त्री पुनलाई स्वागत गरेको हो ।  सेयर बजार बिहीबार  नेप्से सूचक १३.५१ विन्दुले बढेर २०३०।५५ अंकमा आएको छ । एउटा कम्प्नीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूह बढेका छन् । ३ वटामात्र घटेका छन् ।अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।अर्थमन्त्री पुनले आफूले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताउँदै अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गरेर सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने धारणा राखेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij