Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै ,सुन तस्करी प्रकरणमा महत्त्वपूर्ण निर्णय हुने संकेत

मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै ,सुन तस्करी प्रकरणमा महत्त्वपूर्ण निर्णय हुने संकेत

  •  काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरेको बताईएको छ ।

    सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुख एआइजी किरण बज्राचार्यलगायतलाई विभागीय कारबाहीको तयारी भएको स्रोतले बताएको छ  ।६० केजी सुन र भेपमा उनीहरुले  त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक ९एसपी० सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक ९डीएसपी०द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

    ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले जाँचबुझ गरेर प्रतिवेदन बिहीबार नै बुझाइसकेको छ । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij