Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

बाँसबारी जग्गा प्रकरणमा सिआइबीले नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई सोधपुछ गर्ने

बाँसबारी जग्गा प्रकरणमा सिआइबीले नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई सोधपुछ गर्ने

  • काठमाडौँ । सरकारी जुत्ता कारखानासँग जोडिएको १० रोपनी जग्गाको बाँसबारी जग्गा विवादको विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली कांग्रेसका सांसद तथा व्यापारी विनोद चौधरीलाई सोधपुछ गर्ने निर्णय गरेसँगै बाँसबारी जग्गा प्रकरणले महत्वपूर्ण मोड लिएको छ ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी जुत्ता कारखाना जग्गा प्रकरणमा चौधरीको बयान लिन प्रहरीलाई आइतबार निर्देशन दिएका छन् । सीआईबीले चौधरीलाई सोधपुछका लागि ल्याएर अनुसन्धानको क्रममा रहेको जनाएको छ ।

    यसका साथै गृहमन्त्री लामिछानेले बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारी स्वामित्वमा राख्ने पहल थालेका छन् । तत्काल आवश्यक प्रक्रिया थाल्न गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सिआइबीका प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij