Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सरकारी वकिलद्वारा पक्राउ परेका पूर्व सभामुख महरालाई ७ दिन हिरासतमा राख्न माग

सरकारी वकिलद्वारा पक्राउ परेका पूर्व सभामुख महरालाई ७ दिन हिरासतमा राख्न माग

  •  काठमाडौं ।सुन तस्करी प्रकरणमा संलग्न भएका कारण पक्राउ परेका पूर्व सभामुख महरालाई ७ दिन हिरासतमा राख्न माग गरिएको छ ।  पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई जिल्ल अदालत पुर्‍याइएको छ ।

    सरकारी वकिलको कार्यालयले  सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने  तयारी गरेको छ ।  पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

    पक्राउ लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij