Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

जलेश्वर नगरपालिकाका मेयर ,उपमेयर तथा प्रशासकीय अधिकृतसमेत १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 867
    Shares

  • जलेश्वर नगरपालिकाका मेयर ,उपमेयर तथा प्रशासकीय अधिकृतसमेत १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं ।  महोत्तरी  जिल्लाको  जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालीन  प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरिएको आरोपमा मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार  झा, इन्जिनियर राकेशकुमार चौधरी र सव-इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी  र कोषाध्यक्ष संतोषी देवी  रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस