
काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरुले बिरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन् ।उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij