
काठमाडौं। एनआईसी एशिया बैंकले मास्टरकार्ड सेवा सुरु गरेको छ। बैंकले आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको बैंकले जनाएको हो ।
भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ सो सेवा सुरु गरिएको बैंकले जनाएको छ। डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकहरूले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले जनाए अनुसार मास्टरकार्डमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चिप) तथा अत्याधुनिक ‘कन्ट्याक्टलेस’ प्रविधि समेत प्रयोग गरिएको छ। यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम मेसिन, पीओएस तथा ई-कमर्स भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन्।
एनआईसी एशिया बैंकका मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij