Logo

Dec 15 2024 | २०८१, मंसिर ३०गते

images
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

नया सडक

२०८१, असार ३० आइतबार

  • 528
    Shares

  • अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

    काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । ट्रम्पमाथि अमेरिकाको पेन्सिल्भेनियामा भएको एक र्‍यालीमा गोली प्रहार भएको हो । उनलाई तत्कालै त्यहाँबाट सुरक्षित बाहिर निकालिएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन् ।

    यो घटनापछि तस्बिरहरूमा डोनाल्ड ट्रम्पले आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ र कानबाट रगत पनि बगिरहेको छ । र्‍यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो ।


    आवाज सुनेपछि गुप्तचर सेवाका एजेन्टहरूले उनलाई तुरुन्तै स्टेजबाट हटाए र कारमा लगेका थिए । अहिले उनी सुरक्षित छन् ।प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो ।ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेको बीबीसीले उल्लेख गरेको छ । उक्त घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस