Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

शेयर बजार : नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा , १७ अर्ब २६ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा , १७ अर्ब २६ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।  आज नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा आएको छ । आज १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन ८ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ४ वटा समूहको सूचक घटेको छ । बाँकी सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन र फाइनान्स समूहमा अधिक तेजी देखिएको छ । 

    यस दिन ३२९ कम्पनीको ४ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटेल परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij