Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

आत्मनिर्भर लघुवित्तको खुद नाफा ७१.२६ प्रतिशतले घट्यो

आत्मनिर्भर लघुवित्तको खुद नाफा ७१.२६ प्रतिशतले घट्यो

  • काठमाडौँ । चौथो त्रैमाससम्म आइपुग्दा आत्मनिर्भर लघुवित्तको खुद नाफा घटेको छ । लघुवित्तको खुद नाफा ७१.२६ प्रतिशतले घटेर १ करोड ३९ लाख ६९ हजार रुपैयाँ भएको छ । 
    खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले बढेर १४ करोड २२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाको दबाबमा परेकाले यस संस्थाको नाफा घटेको छ । १ वर्षको अवधिमा खराब कर्जा ५.६४ प्रतिशत विन्दुले बढेर १३.२२ प्रतिशतमा पुगेको छ । जगेडा कोषमा १९ करोड ८७ लाख ५० हजार रुपैयाँ छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij