
काठमाडौं । सुपर मादी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्तावसहित कात्तिक ५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल इम्पेरीयल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसअनुसार बोनसमा १० करोड ५० लाख रुपैयाँ खर्चिने छ । साथै, सभाले उक्त बोनसको कर प्रयोजनको लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले ताप्लेजुङ जिल्लास्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने, सोसम्बन्ध र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij