Logo

Nov 02 2024 | २०८१, कात्तिक १७गते

images

मखन र कालीमाटी क्षेत्रका ड्राइफ्रुट्स पसलहरूमा छापा, चाडपर्वको बेला दुःख दिन खोजेकोमा व्यापारीहरू निराश


नया सडक

२०८१, कात्तिक १४ बुधबार

  • 498
    Shares

  • मखन र कालीमाटी क्षेत्रका ड्राइफ्रुट्स पसलहरूमा छापा, चाडपर्वको बेला दुःख दिन खोजेकोमा व्यापारीहरू निराश

    काठमाडौं । तिहारको पूर्व सन्ध्यामा मखन र कालीमाटी क्षेत्रका ड्राइफ्रुट् पसलहरूमा छापामारी गरिएपछि व्यापारीहरू निराश भएका छन् ।कार कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरपालिकाले ड्राइफ्रुट्सका पसलहरूमा छापा मारेका हुन् ।

    तिहारको मुखमा यसरी छापामारी गर्नु भनेको व्यापारीहरूलाई  तर्साउनु बाहेका अन्य केही हुन सक्ने न्यूरोड क्षेत्रका व्यापारीहरूले बताएका छन् ।त्यसपनि दशैँको मुखमा चीनतर्फको बाटोबाट ल्याउने गरिएको ड्राइफ्रुट्स र फलफल रोकिएर व्यापारीहरूलाई घाटा भएकै थियो । मुख्य व्यापार हुने बेला छापामारी गरी थप दुख दिइएको ती व्यापारीले नया सडकसँगको कुराकानीमा बताए ।विभिन्न बहाना बनाउँदै उनीहरूले विभिन्न पसलहरूमा छापामारेका हुन् ।

    स्रोतले दिएको जानकारी अनुसार छापा मारिएका पसलहरूका सम्बद्ध मानिस सम्पर्कमा आउन सकेनन् ।अन्धधुन्ध छापामारी गर्दा सही व्यापार गर्ने र गलत व्यापार गर्ने दुवै हैरानीमा आउने गर्छन् । निगरानी गरेका निकायहरूले गलत र सही दुवै खाल व्यापारीहरूको सूचना सँगालेका हुन्छ । यस्तोमा तिहारको मुखमा छापामारी गर्नु भनेको व्यापारीहरूलाई तर्साउन खोजिएको एक व्यापारीले बताए ।हिजोदेखि छापामारी शुरु भएदेखि कतिपय व्यापारी पसल बन्द गरेर गएका छन्् ।  

    प्रतिक्रिया दिनुहोस