Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थान नेपाल (इप्पान) ले स्थापनाको २५ औँ वार्षिकोत्सव मनाउँदै

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थान नेपाल (इप्पान) ले स्थापनाको २५ औँ वार्षिकोत्सव मनाउँदै

  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले यो वर्ष  आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव मनाउन लागेको जनाएको छ ।निजी क्षेत्रका ५ सय बढी ऊर्जा उत्पादक कम्पनीहरूको संस्थाको रूपमा रहेको इप्पान ऊर्जा उद्यमीहरूको छाता संगठन हो ।

    वि. स. २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण २५ वर्ष पूरा गरेको जनाएको छ ।देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको छ । देशको कुल विद्युत जडित क्षमता ३२३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २५४८ मेगावाट  रहेको छ । यो  कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन हो । यसका साथै  ३९४७ मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४५४५ मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विकी सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेको इप्पानले जनाएको छ ।

    ippan 30a.jpeg

    यसैगरी इप्पानका अध्यक्ष गणेश कार्कीले १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेको बताए उनका अनुसार त्यति नै क्षमताका आयोजनाहरु अध्ययनको विभभिन्न चरणमा रहेका छन्। यी आयोजनाहरुको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।  सरकारलाई वार्षिक खबौँ रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुरÞ्याइरहेको छ । गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुरÞ्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ ।

    देशव्यापी रुपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान पुरÞ्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी २०८१ माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ । रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्नुका साथै विभिन्न विधामा अवार्डहरु दिने इप्पान कार्यसमितिको १८७ औंँ बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तीको लागि छुटै लोगो र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ’लिडिङ द इनर्जी प्रस्पोरेटी’ रहेको छ ।

    त्यस्तै रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यकमहरु आयोजना गरिनेछन् । जसमा फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी रÞ्याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने छ । इप्पान डे को दिन विभिन्न विधामा इप्पान अवार्ड प्रदान गरिने छ । २५ बर्षे यात्रामा साथ र सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गर्ने योजना पनि रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij