Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

शाइन रेसुङ्गा बैंकको  साधारण सभा पुस १९ गते , ८ प्रतिशत लाभांश पारित गर्ने

शाइन रेसुङ्गा बैंकको  साधारण सभा पुस १९ गते , ८ प्रतिशत लाभांश पारित गर्ने

  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले पुस १९ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ट होटल प्रालि, रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट कम्पनीले कुल ८ प्रतिशत लाभांश प्रस्ताव पनि गरेको छ ।

    कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij