Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

सोपान फर्मास्युटिकल्सको अवितरित हकप्रद शेयर विक्रीमा

सोपान फर्मास्युटिकल्सको अवितरित हकप्रद शेयर विक्रीमा

  • काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर विक्रीमा राखेको छ । कम्पनीले आजदेखि २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद सेयर विक्रीमा राखेको हो ।  
    यो शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरु साथै अन्य व्यक्ति तथा संस्थाले खरीद आवेदन दिन सक्नेछन् ।  

    कम्पनीले गत भदौ २५ गते सम्पन्न साधारण सभाबाट पारित भए बमोजिम असोज १४ गतेसम्म कायम शेयरधनीहरुलाई ३० प्रतिशतले हुन आउने प्रतिशेयर अंकित मूल्य रु।१०० दरका २९ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गरेको थियो । जसमा २६ लाख ७३ हजार ८७८ कित्ता हकप्रद शेयर खरीदका लागि आवेदन परेको थियो ।  

    कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले रितपूर्वक आवेदन दिने आवेदकलाई २६ लाख ७३ हजार ८७८ कित्ता हकप्रद शेयर बाँडफाँट गर्ने निर्णय गरेको थियो । सोहीमध्येको विक्री हुन बाँकी रहेको हकप्रद शेयर कम्पनीले विक्रीमा राखेको हो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij