
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते साधारण सभा पनि बोलाएको छ ।
सभा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभामा समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस ९ गते बुक क्लोज गर्ने भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij