Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

नेपाल एसबिआई बैंकको साधारण सभा पुस २१ गते ,  लाभांश पारित गर्ने प्रस्ताव

नेपाल एसबिआई बैंकको साधारण सभा पुस २१ गते ,  लाभांश पारित गर्ने प्रस्ताव

  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २१ गते ३१औं वार्षिक साधारण सभा बोलाएको छ ।

    मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

    यस वर्ष कम्पनीले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ८५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij