Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

पावर ट्रान्समिसन कम्पनी नेपालको साधारण सभा  पुस २२ गते , लाभांश पारित गर्ने प्रस्ताव

पावर ट्रान्समिसन कम्पनी नेपालको साधारण सभा  पुस २२ गते , लाभांश पारित गर्ने प्रस्ताव

  • काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले पुस २२ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ ।

    मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेविप्राको सभाहल, दरवारमार्ग, काठमाडौंमा अपरान्ह ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।प्रस्तावित १८ प्रतिशत नगद लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij