Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

सिरहामा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण

सिरहामा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण

  • सिरहा।फैसल सामुदायिक विकास संस्था माडर सिरहाले  स्थानीयलाई  जाडोको न्यानो लुगा वितरण गरिएको छ ।सिरहा  नगरपालिका वडा न १६ माडरका  स्थानीय बालबालिका  तथा गरिब नागरिकलाई जाडोमा चिसोबाट बच्नका लागि आवश्यक राहत सामग्री वितरण गरिएको हो ।
    मगलबार सिराहा नगरपालिका वार्ड नं९१६,माडर बिस्समिल्ला चौकमा  संस्थाले  ९० जना स्थानीय  बालबालिका  तथा नागरिक   लाई  ज्याकेट, चादर, साडी, आदि सामग्री वितरण गरिएको संस्थाका सह सचिब मोहम्मद मुस्तफा अज़हरीले  बताएका  छ्न।
    जाडो महिनामा चिसो बढ्दै जाँदा फैसल सामुदायिक विकास  सस्थाले  सिराहा नगरपालिका वार्ड नं९१६ का स्थानीय  बालबालिका  तथा  गरीब  घरपरिवारलाई  न्यानो लुगा  बितरण  गरेको सस्थाका अध्यक्ष मुजाहिद ले बताए ।
     वितरण कार्यक्रममा  स्थानीय  युवा तथा  राजनैतिक कर्मीहरु लगायत संस्थाका मोहम्मद इलियास राइन, सदाकत अली खान, श्री रुस्तम, मुजाहिद, श्री कयुम, श्री अब्बास, श्री असमत, श्री मुस्तफा, श्री जलील र श्री कमरुल  लगायतका उपस्थिति  रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij