Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

न्यूयोर्कमा ‘फस्ट अएटीएट फोर्टीएट हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ कार्यक्रम गरिने

न्यूयोर्कमा ‘फस्ट अएटीएट फोर्टीएट हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ कार्यक्रम गरिने

  • काठमाडौँ । हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड कार्यक्रमको आयोजना न्यूयोर्कमा गरिने भएको छ।नक्सालस्थित हिल्टन होटलमा एक पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी गराइएको हो ।नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका  यो कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको हो । उक्त कार्यक्रम मे ४का दिन आयोजना गर्न लागिएको हो ।

    पहिलो ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डको प्रेस मिट कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सोही कार्यक्रममा नेपालका वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्गी , अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी, वरिष्ठ गायकहरू प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी, निर्देशक दिलिप समन लगायतको सहभागिता रहेको थियो।

    यस अवार्डको उद्देश्य भनेको नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने योजना, र न्यूयोर्कमा आयोजना हुने अवार्ड समारोहबारे जानकारी गराए। उक्त समारोहमा विभिन्न विधामा अवार्ड वितरण गर्ने नेपाली कलाकारहरूलाई सम्मान गरिनुका साथै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिने जनाइएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij