Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

"नेपाल धितोपत्र बोर्डको निर्देशन: ५ करोड पुँजी र १० करोड कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीलाई सूचिकृत गर्न आदेश"

"नेपाल धितोपत्र बोर्डको निर्देशन: ५ करोड पुँजी र १० करोड कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीलाई सूचिकृत गर्न आदेश"

  • काठमाडौं ।नेपाल धितोपत्र बोर्डले ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी र १० करोड रुपैयाँ वा सोभन्दा बढी वार्षिक कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई सूचिकृत गर्न निर्देशन दिएको छ। यस निर्णयको उद्देश्य सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ्ग० रोकथामको लागि प्रभावकारी निगरानी सुनिश्चित गर्नु हो। सरकारद्वारा २०६४ को सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत धितोपत्र बोर्डलाई इन्भेष्टमेन्ट कम्पनीहरूको नियमनको जिम्मेवारी दिइएको थियो।

    बोर्डले कम्पनीहरूले सूचिकृत हुनका लागि आवश्यक कागजातहरू समेटिएको प्रक्रिया सुरू गरेको छ, जसमा कम्पनीका संचालक समितिका विवरण, वित्तीय रिपोर्ट, र अन्य प्रमाणपत्रहरू प्रस्तुत गर्नुपर्ने हुन्छ। ५ करोडभन्दा कम चुक्ता पुँजी भएका वा १० करोडभन्दा कम कारोबार गर्ने कम्पनीहरूलाई बोर्डले जोखिमको आधारमा नियमन गर्न सक्ने व्यवस्था गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij