Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपालको विदेशी विनिमय सञ्चितिमा १६.१ प्रतिशतको वृद्धि, २३ खर्बको सीमा पार

नेपालको विदेशी विनिमय सञ्चितिमा १६.१ प्रतिशतको वृद्धि, २३ खर्बको सीमा पार

  •  

    काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालको कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तको तुलनामा १६.१ प्रतिशतले बढेको हो।

    अमेरिकी डलरमा हेर्दा, विदेशी विनिमय सञ्चितिमा भने ११.७ प्रतिशतको वृद्धि भएको छ। २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्म १७ अर्ब ५ करोड डलरमा पुगिसकेको छ।

    राष्ट्रिय बैंकका अनुसार, कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८१/८२ को सात महिनामा आधारित रहेर, बैंकिङ क्षेत्रसँगको विदेशी विनिमय सञ्चितिले १७ महिना बढीको वस्तु आयात र करिब १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।

    माघ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij