Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

राजस्व चुहावट गर्ने दुई कम्पनी विरुद्ध राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा मुद्दा दायर, ५ करोड बिगो माग

राजस्व चुहावट गर्ने दुई कम्पनी विरुद्ध राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा मुद्दा दायर, ५ करोड बिगो माग

  • वीरगञ्ज (पर्सा)। राजस्व अनुसन्धान कार्यालय पथलैयाले कपडाको कारोबारमा राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध  राजस्व चुहावटको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान कार्यालय पथलैयाले  पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित दुई कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

    अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिव शान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र बुधबार दायर गरिएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले जनाएका छन् ।

    अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर–७ का चन्दन गुप्ताले बीजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ रु. एक करोड ६५ लाख ६० हजार पाँच सय ९३ र मूल्य अभिवृद्धि करतर्फ रु. ५८ लाख ३७ हजार छ सय ८३ गरी कूल रु. दुई करोड २३ लाख ९८ हजार दुई सय ७६ बिगो कायम गरिएको जनाइएको छ ।

    उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने रु. चार करोड ४७ लाख ९६ हजार पाँच सय ५३ र कैद सजाय हुन माग दाबी लिई अभियोगपत्र दर्ता गरेको हो ।

    यस्तै  वीरगञ्ज महानगर–१६ का सञ्जयकुमार कुर्मीको  शिव शान्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ रु. १९ लाख ६० हजार १५१ र मूल्यअभिवृद्धिकरतर्फ बिगो रु. १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार  २१४ को शतप्रतिशत जरिवाना गरी रु. ५९ लाख ९८ हजार चार सय २८ र कैद सजाय हुन माग दाबी लिई अभियोगपत्र दर्ता गरिएको जनाइएको छ ।

    राजस्व अनुसन्धान कार्यालय पथलैयाले  पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित दुई कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको राजस्व अनुसन्धान विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले विज्ञप्ति जारी गरी जनाएकी छिन् । 

    rid.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij