Logo

Jul 27 2025 | २०८२, साउन ११गते

Jul 27 2025 | २०८२, साउन ११गते

images

सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोज मिति वैशाख ५ मा तय

सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोज मिति वैशाख ५ मा तय

  •  

    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति घोषणा गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि वैशाख ५ गतेलाई बुक क्लोज मितिका रूपमा निर्धारण गरेको हो। यसअनुसार, वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

    नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएअनुसार कम्पनीले १ः०.२७ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दैछ, जसअनुसार कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर निष्कासन गरिनेछ। प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिने यस सेयरबाट कम्पनीले कुल १ अर्ब ६ करोड ९६ लाख रुपैयाँभन्दा बढी पूँजी संकलन गर्ने लक्ष्य लिएको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ भने हकप्रद सेयर निष्कासनपछि यो बढेर ५ अर्ब ३ करोड रुपैयाँ नाघ्नेछ। यसले कम्पनीको वित्तीय हैसियत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    यस हकप्रद सेयर बिक्री प्रक्रियाको व्यवस्थापन नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ। सेयरधनीहरूले यदि हकप्रद सेयरमा सहभागी हुन चाहन्छन् भने वैशाख ४ गतेभित्र सन नेपाल लाइफ इन्सुरेन्सको सेयर खरिद गरी आफ्नो नाममा ल्याउनु अनिवार्य छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij