
काठमाडौँ । गभर्नर खोजिरहेको नेपाल राष्ट्र बैंकले त्यस अघि तीन निर्देशकलाई कार्यकारी निर्देशकमा पद बढुवा गरेको छ ।राष्ट्र बैंकको पदपूर्ति समितिले तीन जना निर्देशकलाई कार्यकारी निर्देशकमा पदोन्नति गरेको हो ।राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल र डा. रामशरण खरेललाई कार्यकारी निर्देशकमा पदोन्नति गरेको छ ।
बढुवा भएपछि उप्रेतीलाई गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, सिग्देललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र खरेललाई मावन संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ।मानव संसाधन विभागको जिम्मेवारी खरेलले पाएसँगै त्यहाँका तुलसीप्रसाद घिमिरेलाई सूचना प्रविधि विभागमा पठाइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij