Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

राप्रपा अध्यक्ष लिङ्देनसहित पक्राउ परेका सबै नेता रिहा

राप्रपा अध्यक्ष लिङ्देनसहित पक्राउ परेका सबै नेता रिहा

  •  

    काठमाडौं । निषेधित क्षेत्र तोड्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पक्राउ परेका सबै नेताहरूलाई प्रहरीले रिहा गरेको छ। आइतबार सिंहदरबार क्षेत्रभित्र प्रदर्शन गरेपछि पक्राउ परिएका लिङ्देन, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, सरोज घिमिरे, अमर परियार, किरण दुवाल र कैलाश कटवाललाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो।

    रिहाको जानकारी राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएका हुन्।

    राप्रपाले गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको न्यायिक छानबिन, नेता कार्यकर्ताको रिहा, तथा राजनीतिक दमनको अन्त्यको माग गर्दै आज प्रदर्शन गरेको थियो। पार्टीले निषेधित क्षेत्र तोड्ने घोषणा गर्दै सडकमा उत्रिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij