Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

नियुक्त भएका बखत गभर्नर डा. पौडेलसँगकरोडौँ सम्पत्ति भएको खुलासा

नियुक्त भएका बखत गभर्नर डा. पौडेलसँगकरोडौँ सम्पत्ति भएको खुलासा

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल गभर्नर नियुक्त भएका बेला करोडपति रहेका छन् ।गभर्नरमा नियुक्त भएपछि डा. पौडेलले सार्वजनिक गरेको व्यक्तिगत विवरण अनुसार उनी करोडपति रहेका हुन् ।गभर्नर पौडेलसँग पछिल्लो समय साढे १६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । गर्भनरको यो सम्पत्ति सुन र गाडीबाहेक हो ।उनको व्यक्तिगत विवरण अनुसार घरजग्गा, सुन, गाडी, सेयर लगानी र नगद छ ।

    पौडलले गभर्नर नियुक्त हुदाँका बखत ६ बैंकको खाता चलाएका छन् । त्यसमा दुई वटा डलर खाता पनि छ । डलर खातामा भने कुल ४ हजार ५ सय १६ डलर छ । बाँकी खातामा गभर्नरको कुल बचत २६ लाख ८६ हजार रुपैयाँ छ ।गभर्नर पौडेलको आफ्नै नाममा ३ वटा बैंक खाता छन् भने पत्नी प्रतिभा शर्माको नाममा ३ वटा छन् । बैंक खातामा भएको सबै नगदलाई आफैंले आर्जन गरेको विवरणमा उल्लेख छ ।

    गभर्नरले प्रतिभा शर्माको नाममा ललितपुरको सैँबु र नवलपरासी गैँडाकोटमा घरजग्गा रहेको विवरणमा जनाएका  छन् । त्यसैगरी उनी विभिन्न ६ कम्पनीको संस्थापक लगानीकर्ता छन् । गभर्नर पौडेल संस्थापक रहेका कम्पनीमा सानिमा बैंक, सानिमा मिडल तमोर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चिवन इनर्जी हुन । ग्लोबेकोमा पत्नी प्रतिभा शर्माका नाममा पनि लगानी रहेको जनाएका छन् । 

    त्यसैगरी उनले सनिमा माई हाइड्रोपावर संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गरिसकेका छन । पौडेलले सबै सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन भनी जनाएका छन् ।पौडेलसँग १५ लाख रुपैयाँ बराबरको हिरा छ । तर, उनले आफूसँग भएको ४५ तोला सुनको मूल्य भने उल्लेख गरेका छैनन् । त्यसैगरी उनीसँग सुजुकी कम्पनीको चार पाङ्ग्रे गाडी छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij