Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

नेरुडे मिर्मिरे लघुवित्तको नाफामा ७०% भन्दा बढी गिरावट, प्रमुख वित्तीय सूचकहरू कमजोर

नेरुडे मिर्मिरे लघुवित्तको नाफामा ७०% भन्दा बढी गिरावट, प्रमुख वित्तीय सूचकहरू कमजोर

  •  

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा र प्रमुख वित्तीय सूचकहरूमा तीव्र गिरावट आएको देखिएको छ। कम्पनीको खुद नाफा ७०.८०% ले घटेर ५ करोड ७९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८३ लाख रुपैयाँ थियो।

    नाफामा आएको गिरावटको मुख्य कारण सञ्चालन नाफामा आएको कमी र इम्पेयरमेन्ट चार्जमा भएको दोब्बर वृद्धि हो। सञ्चालन नाफा ७०.८१% ले घटेर ७ करोड ४८ लाखमा सीमित हुँदा इम्पेयरमेन्ट चार्ज १५ करोड ७० लाखबाट बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

    यद्यपि, कम्पनीको खुद ब्याज आम्दानी ५८.८२% ले वृद्धि भएर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ। तर, खराब कर्जाको अनुपात गम्भीर रूपमा बढेर १४.८१% मा पुगेको छ, जुन अघिल्लो वर्ष ८.८३% मात्र थियो।

    प्रदर्शन कमजोर हुँदा प्रतिसेयर आम्दानी  २७ रुपैयाँ २९ पैसाले घटेर ५ रुपैयाँ ५२ पैसामा झरेको छ। अघिल्लो वर्ष यो ३२ रुपैयाँ ८१ पैसा थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ भने हाल १९२ रुपैयाँ ६६ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij