Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

लक्ष्मी लघुवित्तको नाफा १३% बढ्यो, ब्याज आम्दानीले नाफामा योगदान

लक्ष्मी लघुवित्तको नाफा १३% बढ्यो, ब्याज आम्दानीले नाफामा योगदान

  • काठमाडौं  ।लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ४ करोड ४४ लाख रुपैयाँको तुलनामा १३.०७ प्रतिशतको वृद्धि हो।

    संस्थाको खुद ब्याज आम्दानी २७ करोड ७९ लाख रुपैयाँबाट बढेर ३२ करोड ३४ लाख रुपैयाँ पुगेको छ। यस आम्दानी वृद्धिले नाफा वृद्धि गर्न सहयोग पुगेको हो।

    संस्थाले जोखिम व्यवस्थापनअन्तर्गत १ करोड ५८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जसले नाफा केही हदसम्म घटाए पनि, दीर्घकालीन स्थायित्वमा सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

    चुक्ता पुँजीस् ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ

    जगेडा कोष : २२ करोड ७६ लाख रुपैयाँ

    रिटेन्ड अर्निङ: २ करोड ३५ लाख रुपैयाँ

    प्रतिसेयर आम्दानी : १५.१७ रुपैयाँ

    प्रतिसेयर नेटवर्थ: १६८.२१ रुपैयाँ

    गैर(सञ्चलनयोग्य कर्जा : ९.१६ प्रतिशत

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij