Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ट्रेड टावरको आईपीओमा ३.२५ गुणा बढी आवेदन

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ट्रेड टावरको आईपीओमा ३.२५ गुणा बढी आवेदन

  •  


    काठमाडौं । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा १२ करोड ९२ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार (वैशाख २२ गते) साँझ ५ः०५ बजेसम्म ५८ हजार २७८ आवेदकले कुल १२ लाख ९२ हजार ३८० कित्ताका लागि आवेदन दिएका छन्। यो कम्पनीले निष्कासन गरेको सेयर संख्याको करिब ३।२५ गुणा बढी हो।

    ट्रेड टावर लिमिटेडले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर बिक्रीमा ल्याएको थियो, जसको कुल मूल्य ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबर पर्छ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ। यस कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ुइक्रा एनपी डबल बी माइनसु इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ २०८१ माघ ७ गते प्रदान गरिएको हो र २०८२ माघ ७ गतेसम्म मान्य हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij