Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य वृद्धि: तेस्रो त्रैमासमा ११८.९६% ले नाफा बढ्दै १६ करोड रुपैयाँ

स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य वृद्धि: तेस्रो त्रैमासमा ११८.९६% ले नाफा बढ्दै १६ करोड रुपैयाँ

  •  

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११८.९६ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो।

    नाफामा भएको उल्लेख्य वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानीमा ६६।७० प्रतिशतको वृद्धि हो, जसले ४३ करोड ८६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा २००।४० प्रतिशतले उकालो लाग्दै २१ करोड ११ लाख रुपैयाँ पुगेको छ।

    हाल कम्पनीको चुक्तापुँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। यसले गर्दा प्रतिसेयर आम्दानी  १६.३९ रुपैयाँले वृद्धि भई वार्षिक ३०.९३ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १७१.५३ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij