Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

बुद्धभूमि नेपाल हाइड्रोपावरको तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक , खुद नाफामा ४४.९०% ले गिरावट

बुद्धभूमि नेपाल हाइड्रोपावरको तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक , खुद नाफामा ४४.९०% ले गिरावट

  • काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बुद्धभूमि नेपाल हाइड्रोपावरले ५ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको समान अवधिको १० लाख २० हजार रुपैयाँ नाफाको तुलनामा ४४.९०% ले कम हो।

    कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी गत वर्षको १२ करोड ७९ लाख रुपैयाँ बाट घटेर यस त्रैमासमा १२ करोड २५ लाख रुपैयाँमा झरेको छ।

    कम्पनीको प्रशासनिक खर्चमा केही सुधार देखिएको छ। अघिल्लो वर्ष १ करोड ७१ लाख रुपैयाँ खर्च भएकोमा यस त्रैमासमा खर्च घटेर १ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ।

    चुक्ता पुँजी: ४० करोड रुपैयाँ

    रिटेन्ड अर्निङ (जम्मा नाफारघाटा): ऋणात्मक ८ करोड ११ लाख रुपैयाँ

    प्रति शेयर आम्दानी : ३४ पैसाबाट घटेर १९ पैसा

    प्रति शेयर नेटवर्थ : ८३ रुपैयाँ ०५ पैसा

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij