
काठमाडौँ । प्रसिद्ध सरोद वादक, गायक तथा संगितज्ञ पण्डित सुदर्शन राजोपाध्याय ( यशराज) ले ‘भारत उत्सव – २०२५’ मा निर्णायकको रूपमा सहभागिता जनाउने भएका छन्।
भारत महाराष्टको पुनेमा आगामी १६-२२ मे सम्म हुने भारत उत्सवमा ‘जज’ को रूपमा आमन्त्रण गरिएको हो। कार्यक्रमको आयोजना भारतको ‘अखिल लोककला कल्चरल अर्गनाइजेसन , पुने’ ले गर्न लागेको हो।राजोपाध्यायले यसअघि देश तथा विदेशमा विभिन्न सांगितिक प्रस्तुतिहरु दिइसकेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij