Logo

Nov 26 2025 | २०८२, मंसिर १०गते

Nov 26 2025 | २०८२, मंसिर १०गते

images

नयाँ रोमान्टिक गीत "कल्ले भन्यो"  सार्वजनिक

नयाँ रोमान्टिक गीत "कल्ले भन्यो"  सार्वजनिक

  • काठमाडौ ।नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा नयाँ  रोमान्टिक गीत "कल्ले भन्यो" सार्वजनिक भएको छ।
    रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको रोमान्टिक गीत "कल्ले भन्यो"सार्वजनिक भएको हो।गीतमा दिनेश सुवेदीको शब्द र  सन्तोष प्रगाढको संगीत रहेको छ भने गीतको भिडियोमा  विक्रम बुढाथोकी र मल्लिका राजोपाध्यायले अभिनय  गरेका हुन। 
    बविता श्रेष्ठको निर्देशन रहेको भिडियोमा सम्पादन र रंग संयोजन राजेन्द्र पुरीले गर्नुभएको छ । प्रियासी रेकर्डिङ स्टुडियो, अनामनगरमा रेकर्डिङ गरिएको भिडियोको छायाङ्कन उत्तम हुमगाईंले गरेका हुन् ।
    भिडियोमा एक जोडी प्रेमी प्रेमिकाको प्रेमकथा देखाउन खोजिएको छ । गीतको भिडियो मल्लिकाको अफिसियल युट्युब च्यानमार्फत सार्वजनिक  गरिएको  छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij