Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन म्याद एक दिन थप, अब जेठ २० गतेसम्म

ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन म्याद एक दिन थप, अब जेठ २० गतेसम्म

  •  

    काठमाडौं । ट्रेड टावर लिमिटेडले आफ्नो आईपीओमा आवेदन दिने समय एक दिन थप गरेको छ। कम्पनीले यसअघि तोकेको आवेदन म्याद जेठ १९ गतेसम्म थियो, तर आइतवार सार्वजनिक बिदा परेकाले म्याद एक दिन बढाएर अब जेठ २० गतेसम्म कायम गरिएको हो।

    कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ। सोमबार बिहान १० बजेसम्म १८ लाख २८ हजार ६०९ जना आवेदकले २ करोड १८ लाख १ हजार ७२० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जबकि कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको सेयर संख्या ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता मात्रै हो।

    कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, र कर्मचारीको लागि छुट्याइएको सेयर पहिले नै बाँडफाँट भइसकेको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

    यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। विक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन मेरो शेयर अनलाइन प्लेटफर्ममार्फत तथा सबै  सदस्य बैंक तथा वित्तीय संस्थाको शाखाबाट दिन सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij