Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

  •  

    वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्‍यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

     

    तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ उहाँले दोहोर्‍याउनुभयो ।

     

    तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक र सैन्य ठाउँहरूलाई निशाना बनाएको छ र यसमा शीर्ष सेना कमाण्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको छ ।

     

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’ मा आक्रमण गर्ने प्रतिज्ञा गर्नुभएको छ र इरानले घातक मिसाइल आक्रमणका साथ जवाफ दिएको छ ।

     

    ट्रम्पले इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताउनुभएको थियो । उहाँले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाको ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैन’ भनी दोहोर्‍याउनुभयो ।

     

    “यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण ग¥यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईंमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन”, उहाँले एक पोस्टमा भन्नुभयो, “हामी इरान र इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ १११”

     

    ट्रम्पले शुक्रबार तेहरानलाई सम्झौता गर्न वा इजरायलबाट ‘अझ क्रूर’ आक्रमणको सामना गर्न आग्रह गर्नुभएको थियो ।

     

    आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा संयुक्त राज्य अमेरिकालाई फिर्ता लिनुभएपछि इरानसँगको ऐतिहासिक आणविक सम्झौता २०१८ मा ध्वस्त भएको थियो र उहाँले इरानमाथि पुनःप्रतिबन्धहरू लगाउनुभएको थियो । उक्त सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij